Rule 25
काठ, दाउरा लिलाम बिक्री
(१) डिभिजन वन कार्यालय, अन्य सरकारी निकाय, सरकारी स्वामित्वमा रहेका निकाय, सामुदायिक वन उपभोक्ता समूह वा साझेदारी वन उपभोक्ता समूहले स्वीकृत कार्ययोजना बमोजिम सङ्कलन गरी घाटगद्दीमा रहेका काठ, दाउरा व्यापारिक तथा व्यावसायिक प्रयोजनका लागि लिलाम बिक्री गर्दा सिलबन्दी बोलपत्रको माध्यमबाट पूर्ण प्रतिस्पर्धाको आधारमा गर्नु पर्नेछ। (२) उपनियम (१) बमोजिम काठ, दाउरा लिलाम बिक्रीको लागि अनुसूची-६ मा उल्लिखित मूल्यलाई न्यूनतम मूल्य कायम गर्नु पर्नेछ।
(३) उपनियम (१) बमोजिमको लिलाम बिक्री प्रक्रियामा काठ, दाउरामा आधारित उद्योग सञ्चालन गर्ने भनी प्रचलित कानून बमोजिम दर्ता तथा नवीकरण भई नियम १२८ बमोजिम सूचीकृत उच्योगले मात्र भाग लिन पाउने छन्।
तर तराई र चुरेक्षेत्र बाहेकका कुनै पनि सःमिल दर्ता नभएका पहाडी तथा हिमाली जिल्लामा सोही जिल्लामा दर्ता भई सञ्चालनमा रहेका फर्निचर उद्योगले. त्यस्तो लिलाम प्रक्रियामा भाग लिन पाउने छन्।
(४) उपनियम (३) बमोजिम प्रतिस्पर्धामा सहभागी उच्योगमध्येबाट लिलाम बिक्री सदर गर्ने अधिकारीले सबैभन्दा बढी मूल्य रकम सकार गर्ने उद्योगको बोलपत्र स्वीकृत गरी सकार रकमका साथै अन्य लिनु पर्ने सबै रकम बुझिलिई डिभिजन वन कार्यालय वा: सम्बन्धित उपभोक्ता समूह वा दुवैको टाँचा लगाई सम्बन्धित उच्योगसम्म काठ, दाउरा ढुवानी गरी लैजान अनुसूची-१४ बमोजिमको ढाँचामा छोडपुर्जी दिनु पर्नेछ।
(५) उपनियम (४) बमोजिम बोलपत्र स्वीकृत भएको उद्योगले; बोलपत्र स्वीकृत भएको जानकारी पाएको पेँतालिस दिनभित्र सकार रकमका साथै अन्य बुझाउनु पर्ने सबै रकम बुझाई काठ, दाउरा उठाई लैजानु पर्नेछ ।
(६) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि संङ्कलनका लागि छपान तथा मूल्याङ्कन गरिसकेपछि घाटगद्वदीमा रहेको एक वर्ष भित्रमा नै सडीगली जान सक्ने नरम प्रजातिका रुख प्रदेश मन्त्रालयको सहमतिमा स्वीकृत कार्ययोजना बमोजिम मूल्याङ्कनको आधारमा यस नियम बमोजिम खडै लिलाम गर्न सकिनेछ ।